सर्लाहीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रबिन्द्र प्रजापति, माघ २३ गते रौतहट ।
सर्लाहीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं. ८ का २१ वर्षीय सोमबहादुर गोले रहेको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ गोलेले छिमेकी वडाकी ९ वर्षीया एक बालिकालाई माघ १९ गते का दिन जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय लालबन्दीले गोलेलाई पक्राउ गरेको हो। लालबन्दी प्रहरीको हिरासतमा रहेका गोलेविरुद्ध सर्लाही जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाध बुढाथोकिले जानकारी दिएको छ

16 Push 077 final